बिज्ञापन

विदेशमा काम गर्ने क्रममा हुनसक्ने दुर्घटनाबाट कसरी जोगिने? हेर्नुस् भिडियो:

पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार १ सय ५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् । पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरू शव बनेर फर्किएका हुन् । त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ खर्ब ११ अर्ब रेमिट्यान्स भित्र्याएको छ । यसलाई आधार मान्दा हरेक दिन वैदेशिक रोजगारमा गएका कम्तीमा दुई युवाको शव मुलुकमा भित्रन्छ । त्यसको बदलामा राज्यले दिनको औसत २ अर्ब रेमिट्यान्स भित्र्याइरहेको छ ।

५ वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५ सय १० युवा विभिन्न मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आव ०७५/७६ मा मात्रै ५ लाख ८८ हजार ८२८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन् । सो अवधिमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिँदा ७ सय ५३ कामदारले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य हो । र सबैभन्दा बढी युवाको मृत्यु हुने मुलुक पनि मलेसिया नै हो । विगत ५ वर्षमा मलेसियामा मात्रै १ हजार ५ सय ३७ कामदारले ज्यान गुमाएका छन् । यो अवधिमा ३ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्स मलेसियाबाट आएको छ ।

त्यस्तै, साउदी अरेबियामा १ हजार १ सय ४७ जना, कतारमा ७ सय ७, युएईमा ३ सय ३७, कुवेतमा १ सय ४५, कोरियामा ७६, बहराईनमा ४८ र जापानमा १२ जनाले ज्यान गुमाएको तथ्यांक वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको छ ।

वैदेशिक रोजगारमा गएका कामदारहरू कार्यस्थलमा काम गर्ने क्रममा दुर्घटनामा पर्ने घटनाहरु भैरहेका छन् ।  कार्यस्थलको दुर्घटनामा परेर विश्वभर वार्षिक २७ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको छ भने ३ करोड ७४ लाख मानिसहरु काम गर्ने क्रममै कुनै न कुनै प्रकारको दुर्घटनामा परेर घाइते हुने गरेको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलोको तथ्यांक छ। २०१४ देखि २०१९ सम्म ५ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ४ हजार १ सय ५३ जना नेपाली कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

भिडियो नेपाल सरकारको परराष्ट्र मन्त्रालयले तयार गरि सार्वजनिक गरेको छ। यसलाई आफुले पनि साथमा राख्नुस् र आफ्ना साथिहरुलाई पनि सेयर गर्नुस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button