चितवनमा प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

चितवन, कात्तिक ३-

चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासत कक्षमा रहेका एक थुनुवाको आज बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१३ बस्ने ४५ वर्षीय महमद क्यामोदिन रहेका छन् । अपराधिक लाभ कसुरमा कात्तिक १ गते पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको थियो ।

आज बिहान ४ः४५ बजेको समयमा थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो अवस्थामा महमद क्यामोदिन फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनलाई उपचारको लागि भरतपुर अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

मृतकको शवलाई भरतपुर अस्पतलाको शव गृहमा राखिएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख एसपी भावेष रिमाल नै खटिएका छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button