अज्ञात रोगका कारण मर्न थाले पशु चौपाया

हुम्ला, कात्तिक २७-

अज्ञात रोगका कारण यहाँका गाउँगाउँमा पशु चौपाया मर्न थालेका छन् । केही दिनदेखि डाँडाफयाँ, थाया, जबुकालगायतका गाउँमा अज्ञात रोगले पशु चौपाया मर्न थालेका हुन् ।

डाँडाफया गाउँका स्थानीयवासी मन्दिर सिंहका अनुसार एक्कासि गाई, गोरुलगायतका पशुले घाँस खान छोड्ने, मुखबाट (याल निकाल्ने र पिसाबबाट रगत बगेर मर्ने गरेका छन् । जुमा, झोपा, खसीमा पनि यो रोग देखा परेको छ ।

पशुले (याल काढ्ने, घाँस खान मन नपराउने, हिँड्न नसक्ने लक्षण देखिएको स्थानीयवासीको भनाइ छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्ण रोकायाले अज्ञात रोग लागेको जानकारी प्राप्त भएपछि औषधिसहित पशु प्राविधिक गाउँमा पठाइसकिएको र प्राविधिकले पशु चौपायको रोगबारे बुझिसकेपछि मात्र भन्न सकिने बताउनुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button