बिज्ञापन

फेब्रुअरी १५ सम्म कतार आउनेले क्वारेन्टाइनमा बस्नुपर्ने

कतार आएर क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान फेब्रुअरी १५ सम्मका लागि बढाईएको छ ।

फेब्रुअरी १५ भित्रसम्म कतार आउने कतारी नागरिक, आप्रवासी र अन्य भिसा भएका सबै आगमनका यात्रुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने,” डिस्कभर कतारले आफ्नो वेबसाइटमा भनेको छ । क्वारेन्टाइनको लागि होटल बुक गर्नुपर्ने एकमात्र माध्यम रहेको डिस्कभर कतारको वेबसाइटले हाल फेब्रुअरीका लागि पनि बुकिङ खुला गरिसकेको छ ।

यसअघि क्वारेन्टाइनको आवश्यकता डिसेम्बर ३१ सम्मका लागि थप गरिएको थियो ।

हाललाई कतार आउन कतारी नागरिक, उनीहरूको सहयोगी , स्थायी बासिन्दा वा अन्य स्वीकृत भिसा धारकहरूको लागि अनुमती दिइएको छ । त्यस्तै कतारी आईडी भएका आप्रवासीले कतार पोर्टलको वेबसाईट मार्फत आवेदन भरेर परमिट प्राप्त गरेपछि कतार आउन पाउनेछ । नयाँ भिसामा आउनेहरुका लागि पनि नोवेम्बर महिना देखि प्रक्रिया सुरु भैसकेको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित सूची अनुसार कम जोखिम भएका देशहरू बाट आएकाहरु घरमै क्वारेन्टाइन बस्न पाउनेछन् र बाँकीले सरकारले तोकेको सेन्टरमा क्वारेन्टाइन बस्नुपर्नेछ ।

कतारमा क्वारेन्टाइन बस्नका लागि लाग्ने शुल्क हाललाई १,९५० रियाल देखि माथि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button