सहकारी ठगीका आरोपी लामिछानेसँग भोलि पनि बयान लिइने

बुटवल, कार्तिक २७-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयले बुधबार पनि बयान लिने भएको छ । मंगलबार बिहान पोखराबाट भैरहवा लगिएका लामिछानेलाई दिउँसो १ बजेबाट सहकारी ठगी र संगठित अपराधको अनुसन्धानमा बयान लिन सुरु गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले बयान लिएको थियो । लामिछानेलाई मंगलबार २० भन्दा बढी प्रश्न सोधिएको उनले बताए । तर, त्यसको लिपिबद्ध हुन बाँकी रहेको पौडेलको भनाइ छ । उनका अनुसार लामिछानेसँग बुधबार पनि बयान लिइँदैछ । न्यायाधिवक्ता पौडेलले मंगलबारको कार्यालय समय सकिएकाले बुधबार बिहान सवा १० बजेदेखि नै बयान निरन्तर हुने बताए ।

स्रोतका अनुसार लामिछानेले बयानका क्रममा आफूले सहकारीको रकम अपचलन नगरेको र आफ्ना नाममा रकम जम्मा नभएको दाबी गरेका थिए । लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ ।

संसदीय समितिको छानबिन प्रतिवेदनमा सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा २ करोड ५० लाख, छविलाल जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button