कम्पनी बाट कति सम्म उपचारका खर्च पाइन्छ ?

प्रश्न : कम्पनीमा कामको बेला घाइते हुँदा पाइने उपचार खर्च बारे मैले कम्पनी संग सम्झौता गरेको काम करार पत्रमा केही उल्लेख गरिएको छैन । श्रम कानून अनुसार उपचार खर्च कति पाइन्छ होला ? अनि कस्तो अवस्थामा कम्पनीले खर्च नदिन पनि पाउँछ ?
उत्तर : श्रम कानून अन्तर्गतको धारा १०९ बमोजिम कामको समयमा चोटपटक लाग्दा वा घाइते भए सरकारी अस्पताल बाट कामदारको उपचारको लागि लाग्ने कम्तीमा ६ महिना सम्मको खर्च कम्पनीले बेहोर्न पर्छ। त्यस्तै उपचारको समय बढेर ६ महिना भन्दा बढी उपचार गर्न परे अथवा कामदारको मृत्यु भएको पुष्टि नभए सम्म कम्पनीले उपचारमा लागेको आधा खर्च कामदारलाई दिनुपर्ने हुन्छ। तर कामदार आफैले जानीजानी आफैलाई घाइते बनाएको पुष्टि भएको खण्डमा भने कतारको श्रम कानून अनुसार उसले कम्पनी बाट कुनै उपचार खर्च पाउने छैन।
गल्फ टाइम्सको लिगल हेल्पलाइन बाट साभार