‘पूर्णबहादुरको सारंगी’सगैं गित ‘रैया चाँदीको’ चर्चामा, को हुन गितका लेखक नवराज पन्त ?

चितवन, कात्तिक २८-

कलाकार विजय बरालको मुख्य अभिनय रहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले नेपाली चलचित्रका एकपछि अर्काे रेकर्ड ब्रेक गरिरहेको छ । सबैभन्दा धेरै कमाउने चलचित्रको रेकर्ड बनाउन लागेको यस चलचित्रको ‘रैया चाँदीको’ बोलको दोहोरी गितले पनि राम्रो चर्चा पाइरहेको छ । गितले चर्चा पाइरहँदा धेरैलाई गितका लेखक बारे जानकारी नभएको हुनसक्छ ।

कात्तिक ७ गते युट्युबमा प्रिमियर भएको यो गितलाई समाचार तयार पार्दासम्म ४९ लाख ६७ हजार पटक हेरिएको छ । यो गितका लेखक हुन्, बागलुङका नवराज पन्त । पन्तको यो गितलाई आशिष अविरल र मेलिना राईले स्वर दिएका हुन् । यो गितमा धेरैले टिकटक र फेसबुक रिलहरु पनि बनाएका छन् ।

पन्तले यसअघि पनि चर्चित गितहरु लेखेर नेपाली गितसंगितमा ठूलो योगदान दिएका छन् । ‘सालको पात’, ‘डाँडै फुर्के सल्लो’, ‘मायालुको सहरमा मेरो गाउँमा घर छ’ लगायतका चर्चित गितहरु उनैले लेखेका हुन् । छ वर्ष अगाडि युट्युबमा अपलोड गरिएको ‘सालको पात’ गितलाई हालसम्म नौ करोड ७७ लाख पटक हेरिएको छ ।

२०५९ सालमा पृथ्वी मावि अमलाचौर बाग्लुङबाट एसएलसी गरेका पन्तले बलेवा बहुमुखी क्याम्पस पैयुपाटाबाट प्लस टु पास गरेका हुन् । बिबिएस अध्ययनको लागि उनी २०६१ सालमा काठमाडौँ गए । उनले सरस्वती क्याम्पस ठमेलबाट बिबिएसको अध्ययन सके । उनले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा भर्ना भएर एमबिएस पास गरे ।

त्यसपश्चात स्थानीय एक उच्च माविमा अध्यापन थालेका उनी पारिवारीक कारण बागलुङ फर्किनुपर्‍यो । बागलुङको एक विद्यालयमा करिब दुई वर्ष अध्यापन गराएका उनी अमेरिका पुगे । यस बीचमा उनले लेखेका थुप्रै गितले अत्यधिक चर्चा पाए । उनले अमेरिका पुगेर ‘सालको पात’ गित लेखेका थिए । उनी हाल अटोमोबाइल इन्जिनियरिङमा लिन्कन टेक युनिभर्सिटि कोलम्बिया म्यारिलाण्डमा मास्टर गर्दै छन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button