देउतीबज्यै मन्दिरमा पुजारी मृत फेला

सुर्खेत, कात्तिक २८-

सुर्खेतको देउतीबज्यै मन्दिरमा पुजारी मृत फेला परेकी छिन् । आज (बुधबार) बिहान ५ बजे अन्दाजी ५० वर्षीया पुजारी वीरेन्द्रनगर–११ की सरस्वती राजी मृत फेला परेकी हुन् । उनी मन्दिरको मुलढोकामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रविर विश्वकर्माका अनुसार मृतक पुजारीको शव पोष्टमर्टमको लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ। डिएसपी वीरेन्द्रविरले प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको बताउँदै घटनाबारे पोष्टमर्टम र अन्य अनुसन्धानबाट थप खुल्ने बताए।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button