परराष्ट्रमन्त्री राणा चीन जाँदै

काठमाडौँ, कात्तिक २८-

परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने भएकी छिन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंसिर १३ गते (नोभेम्बर अन्तिम साता) उनी चीन जान लागेकी हुन्।

चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणमा चीन जान लागेकी राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी गर्ने छन्। उनी भ्रमणको तयारी लगायतका विषयमा काम गठन गठित संयन्त्रको सदस्य समेत छिन्।

प्रधानमन्त्री ओली मंसिर १६ देखि चीनको औपचारिक भ्रमणमा जाँदै छन्। यद्यपि, प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button