‘तेल भिसा’का निर्माताविरुद्ध ठगीको आरोपमा

काठमाडौं, कात्तिक २८-
फिल्म ‘तेल भिसा’का निर्माता तथा निर्देशकमाथि प्रहरीमा उजुरी परेको छ । निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध प्रहरीमा उजुरी परेको हो ।
उनीहरु विरुद्ध अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उजुरी परेको बताए । लामो समयदेखि अमेरिकामा बस्दै आएका शंकर र ऋचा दम्पती हुन् । पछिल्लो फिल्म ‘तेल भिसा’ प्रदर्शनको लागि उनीहरु यतिबेला काठमाडौंमा छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।