अमिरबाट विजयी टिमलाई बधाई

अमिर शेख तमिम बिन हमाद अल थानीले बहराइनलाई बधाई तथा सहभागीता जनाउने अन्य टिमलाई हिजो एक ट्विट मार्फत शुभकामना व्यक्त गर्नुभएको छ ।
سعدنا بمشاركة الأشقاء في بطولة #كأس_الخليج_٢٤ التي عشنا معها أياما رائعة. هنيئا للبحرين الفوز باللقب وحظا أوفر للفرق الأخرى. فخورون بنجاح البطولة وكل الشكر والتقدير لكل من شارك في تنظيمها.
— تميم بن حمد (@TamimBinHamad) December 8, 2019
“२४ औं अरबियन गल्फ कपमा हाम्रो दाजुभाईहरुको सहभागीताले हामी निकै हर्षित भएका छौ । प्रतियोगिताको उपाधी जित्ने बहराइनलाई बधाई संगै बाँकी टिमलाई शुभकामना । प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न पाउँदा गौरव महशुस गरेका छौ र यसका लागि योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्न चाहान्छु ,’ अमिरले ट्विटमा भन्नुभएको छ ।
हिजो सप्पन्न प्रतियोगिताको समापन समारोहमा अमिरले विजयी टिम बहराइनलाई शिल्ड,स्वर्ण पदक उपविजेता साउदी अरबलाई रजत पदक प्रदान गर्नुभएको थियो ।
समारोहमा बुवा अमिर शेख हमाद बिन खलिफा अल थानी, अमिरको निजि वक्ता जस्सिम बिन हमाद अल थानी,शेख मोहम्मद बिन खलिफा अल थानी,शेख जस्सिम बिन खलिफा अल थानी लगायत थुप्रै उच्च व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा कतार राष्ट्रिय टिमले फेयर प्ले, साउदी अरबका फवाज अल कर्नीले उत्कृष्ट गोलरक्षक,साउदी अरबकै अब्दुलाह ओतएफले उत्कृष्ट खेलाडीको उपाधी जितेका छन् ।