रविको पक्षमा चितवनमा पनि प्रदर्शन

चितवन, कार्तिक ५-
पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले चितवनमा पनि प्रदर्शन गरेका छन्। उनीहरूले सोमबार पक्राउको विरोध स्वरुप नारायणी पुलबाट प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत फलेर नारायणीमा बगाएका छ्न्। चितवनमा रास्वपाका कार्यकर्ता चौबिसकोठीमा जम्मा भई नारायणी पुलमा पुगेर प्रधानमन्त्री ओलीको पुत्ला बगाएका थिए। उनीहरूले सहकारी ठग मुर्दाबाद, सहकारी पीडितलाई हामीले दिन्छौं न्याय, रवि सरलाई रिहा गर जस्ता नारा लगाएका थिए।
सहकारी ठगी प्रकरणमा प्रहरीले रवि लामिछानेलाई शुक्रबार पक्राउ गरेको थियो। लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा पेस गरिएको थियो। अदालतले लामिछानेमाथि छानबिन गर्न ६ दिनको म्याद थप गरेको छ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो