५ लाख धरौटीमा रिहा भए इकु

काठमाडौं, कात्तिक ५-
कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो । इकुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीइआबीले २६ भदौमा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।