सुनचाँदीको भाउ घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं,मंसिर १६-
स्थानीय बजारमा सुनचाँदीको भाउ घटेको छ ।
गत शुक्रबारको दाँजोमा दुवैको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ४ सय घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँ थियो । त्यसैगरी चाँदीको भाउ आइतबार ५ रुपैयाँ घटेर तोलाको १ हजार ८ सय ४० मा किनबेच भइरहेको छ । शुक्रबार तोलाको १ हजार ८ सय ४५ रुपैयाँ थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।