झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु

काठमाडौं,कात्तिक २९-

काठमाडौंको शंखरापुर नगरपालिका–९ साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकलका चालक कागेश्वरी मनोहरा नगरपालिका-२ का नारायण नगरकोटीको उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बा.१९ च २६९५ नम्बरको गाडीका चालक सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने झाँक्री भुजेललाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि फरार भएका उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । मोटरसाइकलमा सवार चालककी पत्नी किसानुमाया नगरकोटी घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button