ट्रम्पले गरे म्याट गेट्जलाई महान्यायाधीवक्ता मनोनीत

अमेरीका, कात्तिक २९-
अमेरिकी राष्ट्रपतिमा विजयी भएका डोनाल्ड ट्रम्पले म्याट गेट्जलाई महान्यायाधीवक्ता मनोनीत गरेका छन्।
फ्लोरिडा कंग्रेसका सदस्य रहेका गेजलाई ट्रम्पले बुधबार महान्यायाधीवक्ता मनोनीत गरेका हुन्। महान्यायाधीवक्ता मनोनीत भएसँगै उनले हाउस अफ रिप्रिजेन्टेटिभबाट राजीनामा दिएको बिबिसीले उल्लेख गरेको छ।
सभामुख माइक जोनसनले पनि गेट्जको राजीनामा पत्र प्राप्त भएको बिबिसीसँग बताएका छन्।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।