जुम्लामा निःशुल्क कान शिविर

जुम्ला,कात्तिक २९-
सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्यचौकीमा सञ्चालन भएको एकदिने कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५९ जना लाभान्वित भएका छन् ।
गाउँपालिकाको आयोजना तथा नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ पुरुष र एक सय २३ जना महिलाले सेवा लिएका सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिनुभयो ।
गाउँमै दक्ष चिकित्सकबाट कानको उपचार पाउँदा यहाँका स्थानीयवासी खुसी भएका सिंजा गाउँपालिका–३ की नुन्नु उपाध्यायले बताउनुभयो । पालिकाले अन्य स्थानमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ । रासस
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो