कतारको समस्या सुल्झाउन छिमेकी राष्ट्रहरुले राख्यो १३ बुँदे माग

साउदी अरेबिया लगायतका छिमेकी राष्ट्रहरुले विकसीत समस्या हल गर्न कतारलाई १३ बुँदे माग राखेको छ । जसमध्ये कतारको अल जजिरा नेटवर्क बन्द र इरान संग कुटनीतिक सम्बन्ध अन्त्य गर्नुपर्ने जस्ता माग पनि रहेको छ ।

प्रस्तुत १३ बुँदे माग भित्र कतारले मुस्लिम ब्रदरहुड लगायतका हेजबोल्लाह,अल कायदा र आइएसआइएस जस्ता आतंककारी घोषित समुह संगको सम्बन्ध पुर्णरुपमा तोड्न पर्ने रहेको छ । जसमा कतारको नीतिले ज्यान तथा सम्पती गुमाएका आफ्ना नागरिकहरुलाई क्षतिपूर्ति बापतको रकम दिनपर्ने समेत मागको सूचीमा उल्लेख गरिएको अल जजिराले लेखेको छ ।

साथै माग स्विकार्न कतारलाई १० दिनको समयावधि समेत तोकिएको छ ।

रेउटर्स र सम्बन्धित प्रेस न्युज एजेन्सीले उक्त मागको सूची कुटनीतिक समस्या भोगिरहेका राष्ट्रहरुमध्ये एक बाट प्राप्त गरेको जनाएको छ । तर कतार र कुवेतले भने उक्त माग आधिकारिक रुपमा सार्वजनिक गरेको छैन् ।

साउदी अरेबिया,इजिप्ट,युएई बहराइन लगायतका देशहरुले आतंककारी संगठनहरुलाई सहयोग गरेको आरोप लगाउँदै जून ५ देखि कतार संगको सम्बन्ध अन्त्य गरेको थियो । तर कतारले यस आरोपलाई नकार्दै आईरहेको छ ।

छिमेकी राष्ट्रहरुले राखेको मागको सूची यस्तो छ 

१.कतारले आधिकारिक रुपमा इरान संगको कुटनीतिक सम्बन्ध अन्त्य गर्नुपर्ने,कतारमा इरानको कुटनीतिक मिसन बन्दगर्नपर्ने,इरानको क्रान्तिकारी सुरक्षा फिर्ता पठाउने,सैन्य तथा बौद्धिक समन्वय तोड्नपर्ने रहेको छ । साथै अमेरिका लगायत अन्तर्राष्ट्रिय सम्मता अनुरुप गल्फ काउन्सिलको सुरक्षामा दखल नपर्नेगरि इरानसंगको व्यापार तथा वाणिज्य कारोबार भने गर्न पाउने ।

२.बनाउँदै गरेको टर्की सैनिक बेस तत्काल हटाउन पर्ने र कतारको सिमाना भित्र टर्की सैनिक संगको सैन्य अभ्यास बन्द गर्नपर्ने ।

३.मुस्लिम ब्रदरहुड,आइएसआइएस,अल कायदा,फतेह अल शाम र लेबनानको हेजबोल्लाह लगायतका साउदी,युएई,बहराइन र इजिप्टले हाल आतकंकारी घोषणा गरेको र भविष्यमा गर्ने संगठनहरु संगको सम्बन्ध आधिकारिक रुपमा अन्त्य गर्नपर्ने ।

४.साउदी,युएई,बहराइन र इजिप्ट,अमेरिका लगायत अरु देशले आतकंकारी घोषणा गरेको संगठन वा व्यक्ति लाई कुनैपनि तरिकाले सहयोग गर्न नपाउने ।

५.कतारमा रहेका साउदी,युएई,बहराइन र इजिप्ट,अमेरिका लगायत अरु देशले आतकंकारी घोषणा गरेको संगठन वा व्यक्तिलाई उनीहरुको आफ्नै देशमा बुझाउनपर्ने । उनीहरुको सम्पती फ्रिज गर्ने र उनीहरुको बसाई,क्रियाकलाप र अन्य विवरण पेश गर्नपर्ने ।

६.अल जजिरा नेटर्वक र यसका अन्य संस्थाहरु खारेज गर्नपर्ने ।

७.छिमेकी देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाउने, साउदी,युएई,बहराइन र इजिप्टले सार्वधिक खोजीको सूचीमा राखेका नागरिकहरुलाई कतारी नागरिकता दिन नपाउने ।

८.कतारको नीतिले विगतमा ज्यान तथा सम्पती गुमाएका आफ्ना नागरिकहरुलाई क्षतिपूर्ति बापतको रकम तिर्नपर्ने ।

९.साउदी अरेबियाले २०१४ मा गरेको सम्झौता अन्र्तगत कतारले गल्फ तथा अरब राष्ट्रहरु संग सैन्य,राजनीति,सामाजिक र आर्थिक सम्बन्धमा सहमत जनाउन पर्ने ।

१०.कतारले विगतमा सहयोग गरेका अरब राष्ट्रको प्रतिपक्षहरु संगको सम्बन्ध अन्त्यगरि उनीहरुको व्यक्तिगत तथा सहयोग विवरण पेश गर्नपर्ने ।

११. अरब२१,रस्सद,अल अरेबी,अल जदिद,मेकामेलिन रमिडल एस्ट आइ जस्ता संञ्चार माध्यमहरुलाई कतारले जानी वा नजानी गरेका सहयोग बन्द गर्नपर्ने ।

१२.दश दिन भित्र यी सबै माग स्विकार्न पर्ने ।

१३.माग स्विकार गरेपछि पहिलो वर्ष हरेक महिना,दोस्रो वर्ष तेस्रो महिना र दश वर्ष सम्म हरेक वर्षमा गरिने सम्झौता परिक्षणमा सहमत हुनपर्ने  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button