इराकलाई दुईवटा फिल्ड अस्पताल सहयोग गर्न अमिरको निर्देशन

अमिर शेख तमिम बिन हमाद अल थानीले कोभिड-१९ बिरामीको उपचार गर्न इराकमा दुई वटा फिल्ड अस्पताल सहयोग गर्न निर्देशन दिनुभएको छ । अमिरको निर्देशन जारी भएपछी कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलअजिज अल थानिले इराकका प्रधानमन्त्री मुस्तफा अल काधिमी संग टेलिफोन सम्पर्क गरि सहयोग बारे जानकारी दिनुभएको थियो ।

कतारले यसअघि गएको अप्रिलमा इटालीमा पनि दुई वटा फिल्ड अस्पताल सहयोग गरेको थियो । त्यस्तै कतारले भाइरसको महामारी फैलिए पश्चात् नेपाल सहित अन्य २० भन्दा बढी मुलुकमा स्वास्थ्य सामग्री सहयोग पठाईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button