राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन माडी नगरको अध्यक्षमा दराई

माडी,कात्तिक २९-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन माडी नगरको अध्यक्षमा गुमान दराई चयन हुनुभएको छ । बिहिबार माडीमा राप्रपाका उपाध्यक्ष,पूर्वमन्त्री तथा चितवन क्षेत्र नम्वर ३ का सांसद बिक्रम पाण्डेको प्रमुख आतिथ्यतामा भएको नगर अधिवेशन मार्फत दराईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । समितिको सचिवमा विपिन आचार्य चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा संजिता लामिछाने,गणेश मल्ल,दिलिप महतो,रुवेल महतो,शुष्माकाजी महतो,लक्ष्मी गुरुङ,रिषी दराई,हेमन्त दराई,उज्वल भण्डारी,मलिना नेपाली,प्रकाश गुरुङ,दिपेस गुरुङ,अमृत दुरा,करण सहनी,वविता अधिकारी,होम बहादुर बोट लगायत चयन हुनुभएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो