माधव नेपालले भनेः म प्रधानमन्त्री हुँदा गफ नदिइ काम गरेको थिएँ

काठमाडौँ, कात्तिक २९-
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको मुख्य समस्या सरकारको अस्थिरता नभएको स्पष्ट पारेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफू नौ महिना सरकारमा बसेका बेला उदाहरण प्रस्तुत गरेको दाबी गरे।
उनले उक्त अवधिमा गफ नगरी काम गरेर देखाएको र नौ महिनाको सरकारको कार्यकालले देशमा तरंग ल्याएको उल्लेख गरे। ‘आफ्नो गाउँ, आफैँ बनाउँ’ अभियान, वृद्धभत्ता वितरण, र ६० हजार सुकुम्बासी परिवारलाई जग्गा वितरणजस्ता कार्य उदाहरणीय रहेको उनको भनाइ थियो।
उनले काम गर्नेका लागि नौ महिना पनि पर्याप्त हुने र आफ्नो नेतृत्वमा मध्यपहाडी तथा तराईको हुलाकी राजमार्गको निर्माण सुरु भएको उल्लेख गरे।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।