परियार सेवा समाजको पाचौं राष्ट्रिय सम्मेलन मंसिर १ गतेदेखि चितवनमा हुने

चितवन, कात्तिक २९-

परियार सेवा समाजको पाचौं राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । मंसिर १ र २ गते समाजको सम्मेलन हुन लागेको संयोजक डिबी परियारले जानकारी दिनुभयो ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल प्रमुख अतिथि रहने सम्मेलनमा देशभरका परियार समुदायको उपस्थित हुने समाजकी केन्द्रिय सदस्य अतिना परियारले जानकारी दिनुभयो । उहाँले सम्मेलनमा सहभागी भई भव्यताका साथ सफल पार्न परियार समुदायलाई अनुरोध गर्नुभयो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button