भैरहवाको आकाशमा थाई एयर करिब १ घण्टा होल्ड

बुटवल, कात्तिक २९-
थाईल्याडको बैंककबाट भैरहवास्थित गौतम बुद्ध विमानस्थल आएको थाई एयरको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ । गौतम बुद्ध विमानस्थलको भिजिबिलिटी कम भएका कारणले थाई एयरको विमान आकाशमा होल्ड भएको हो ।
गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोद राउतले विमान कम्पनीहरूले आ–आफ्नो भिजिबिलिटीको मापदण्ड बनाउने हुँदा थाई एयरले कम देखेका कारण आकाशमा होल्ड भएको बताए ।
उनले अनुकूल भिजिबिलिटी हुनासाथ थाई एयरको विमान अवतरण गरिएको बताए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो