कतारमा पाँचौ खजुर महोत्सव सुरु

कतारमा पाँचौ खजुर महोत्सव हिजो देखि सुरु भएको छ ।अल मिरा कम्पनीसंगको सहकार्यमा बाताबरण तथा नगरपालिकाले हिजो महोत्सवको उद्घाटन गरेको थियो । महोत्सवमा अल मिरा कम्पनीको ५४ वटा शाखामा ३०० टन भन्दा बढी खजुर बिक्रीका लागि राखिएको छ । एक सय भन्दा बढी स्थानीय फार्ममा उत्पादित खजुर मध्ये यो वर्ष अल रुताब,अल बर्ही,शिशी,इख्लास लगायत प्रजातिको खजुरहरु बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
खजुरलाइ अरबिक भाषामा तमर, रुतब आदि भनिन्छ भने खजुर भन्ने शब्द चाहिँ उर्दु हो। खजुर फल्ने रुख लाइ नखिल भनिन्छ भने खजुर खेती गरिएको स्थान (खेत) लाइ मज्राअ पनि भनिन्छ। कतारको कुल जमिनको २५९८,५ हेक्टर जमिनमा खजुरको खेती गरिएको छ। कतारमा रहेका लगभग ६४९६१६ खजुरका रुखहरु र १००० जति फर्महरु बाट बार्षिक १०० प्रकारका ३११८१६ टन खजुर उत्पादन हुने गर्दछन् ।
कतारले खजुर आयात निर्यात दुवै गर्दछ । खजुर मध्यपुर्व खाडी लगायत अरब राष्ट्रहरुमा पाइने एक विशेष प्रकारको फल हो भने यसलाइ अत्यन्तै स्वास्थ्य वर्दक मानिन्छ। तिं मध्य अज्वा खजुर लाइ क्यान्सर प्रतिरोधात्मक क्षमता भएको मानिन्छ ।
खजुर उत्पादन गर्ने र बिक्री गर्ने देशहरुको अन्तर्राष्ट्रिय संस्था पनि रहेको छ। जस्को स्थापना ३ डिसेम्बर सन् २०१३ मा भएको थियोे र यस्लाई International Dates Council भनिन्छ। यसको मुख्यालय साउदी अरबको राजधानी शहर रियादमा रहेको प्रोफेसर मोहम्मद रमजान अलि मियाँले क्युएन खबर लाई जानकारी दिए ।