रुपन्देहीमा रवि लामिछानेको बयान सकियो

काठमाडौं, कात्तिक २९-
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपेन्देही पुर्याइएका रवि लामिछानेको बयान सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले लामिछानेको बयान सकिएको बताइन् ।
‘बयान आज सकिए पनि पोखरा फिर्ता गर्ने वा नगर्ने भन्नेबारे आफू भने जानकार नभएको उनले बताइन् । बयान सकिए पनि त्यसलाई नम्बरिङ गरेर क्रमवद्ध गर्न, शुद्धाशुद्धी हेरेर भाषा मिलाउन जिल्ला न्यायाधिवक्तालाई समय लागेकाले पूर्वनिर्धारित फ्लाइटमा पोखरा पठाउने समय तालिका परिवर्तन भएको जिल्ला प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार मौसमले साथ दिएमा साँझ ८ बजेसम्मको फ्लाइटमा लामिछानेलाई पोखरा पठाइने छ ।
जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार लामिछानेसंग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन् ।
मंगलबार दिउँसो विमानमा पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।