रवि लामिछानेको पक्राउ ठिक छ, पूर्वाग्रह होइनः जनमोर्चा

काठमाडौं,कात्तिक ४-

राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विषय ठिक रहेको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले अनुसन्धान हुनु सही र स्वाभाविक भएको बताएका हुन् ।

अरू विपक्षी दलहरूले पक्राउको विरोध गर्दै गर्दा विपक्षी जनमोर्चाले भने स्वागत गर्दै पूर्वाग्रहका आधारमा पक्राउ नभएको दाबी गरेको छ । ‘‘सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

रविमाथि अनुसन्धान गर्न राष्ट्रिय जनमोर्चाले सदन तथा सडकमा निरन्तर आवाज उठाएको तर तर तत्कालीन माओवादी–एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै धज्जी उडाएको केसीले आरोप लगाएका छन् ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button