पाकिस्तानमा वायु प्रदूषणः १५ हजार अस्पताल भर्ना

पाकिस्तान, कात्तिक ३०-

पाकिस्तानमा वायु प्रदूषणका कारण १५ हजार बिरामी भएका छन्। वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

पाकिस्तानी समाचार संस्था डनका अनुसार विशेषगरी बालबालिका, दमका रोगी, श्वासप्रश्वासमा समस्या भएका र अन्य दीर्घरोगी अस्पताल भर्ना भएका हुन्।

पछिल्लो २४ घन्टामा पाकिस्तानको वायु प्रदूषणको तह १९०० पुगेको छ।

नासाको मोडरेट रेजोल्यून इमेजिङ्ग स्पेक्टर रेडियोमिटरले उत्तरी पाकिस्तानमा सबैभन्दा धेरै प्रदूषण देखिएको तस्बिर सार्वजनिक गरेको छ।

मुलुकमा देखिएको प्रदूषणलाई ध्यानमा राखी पाकिस्तान सरकारले निर्माण कार्य, उत्खनन् लगायतका कार्य बन्द गरेको छ भने ३ महिनाका लागि वैवाहिक कार्यक्रम पनि नगर्न आग्रह गरेको छ। एजेन्सी

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button