एएफसीद्वारा युएईलाई एक लाख पचास हजार डलर जरिवाना

एसियन फुटबल कन्फिडिरेसन (एएफसी)ले युएई फुटबल एसोसिएसन माथी एक लाख पचास हजार डलरको जरिवाना संगै सन् २०२३ मा हुने एएफसी छनाैटमा विना समर्थक खेल खेल्नुपर्ने सजाय सुनाएको छ । जरिवाना भर्न युएईलाई एएफसीले ३० दिनको समय दिएको छ ।

यसै वर्ष जनवरी अन्तिममा एएफसी एसियन कपको सेमिफाइनल खेलमा कतार विरुद्ध घरेलुु टिम युएईका समर्थकले कतारी खेलाडीहरुलाई अभद्र व्यवहार गरेका थिए । सो खेल सुरु हुन अघि कतारी खेलाडीहरुले राष्ट्रिय गान गाउने बेलामा होहल्ला गर्दै अवरोध पुराएका थिए । त्यस्तै खेलमा गोल मानाउने क्रममा कतारी खेलाडीहरुमाथी युएई समर्थकहरुले जुत्ता,चप्पल,पानीको बोतल लगायत फ्याकेका थिए । सो खेलमा कतारी समर्थकलाई प्रवेशमा रोक समेत लगाइएको थियो। खेल कतारले ४-० गोल अन्तरले जितेको थियो ।
सो सन्दर्भमा एएफसीले गत महिना घटनाको मुल्यांकन गरि कारवाही गर्ने बताएको थियो ।