ट्रम्पले केनेडी जूनियरलाई बनाए स्वास्थ्यमन्त्री

वासिङ्टन डीसी, कात्तिक ३०-

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई अमेरिकाको स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् । आफ्नो एक पोस्टमा ट्रम्पले यसको जानकारी दिएका हुन् ।

रोबर्ट एफ केनेडी जूनियरले पनि २०२४ को राष्ट्रपति चुनावमा स्वतन्त्रबाट उठेका थिए । तर पछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर ट्रम्पलाई आफ्नो समर्थन दिए ।

उनी कोभिडविरुद्धको खोप अभियानको विरोधीको रूपमा पनि चिनिन्छन् । सिनेटले पनि केनेडीको नामलाई स्वास्थ्यमन्त्रीमा अनुमोदन गरेको छ । अमेरिकी स्वास्थ्य मन्त्रायलयले खाद्य र औषधि प्रशासन सहित ११ एजेन्सीहरूको निरीक्षण गर्दछ । रोबर्ट एफ केनेडी जूनियरले आफ्नो एक पूर्व पोस्टमा डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा अमेरिकालाई फेरि स्वस्थ बनाउने बताएका थिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button