काठमाडौंको वायु प्रदूषणमा केही सुधारिँदै

काठमाडौं, कात्तिक ३०-

काठमाडौंको वायु प्रदूषणमा केही सुधार आएको छ ।

वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा झरेको छ ।

आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण १ सय ६५ एक्यूआई मापन गरिएको छ । बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको छटौं स्थानमा थियो भने १ सय ७० एक्यूआई प्रदूषण मापन गरिएको थियझ ।

विश्वकै प्रदूषित सहरमा पाकिस्तानको लाहोर पहिलो स्थानमा यथावत छ । लाहोरको ७ सय ८० एक्यूआई मापन गरिएको छ ।

त्यस्तै छिमेकी राष्ट्र भारतका ३ सहर विश्वको प्रदूषित १० सहरभित्र परेका छन् । आक्यूएअरका अनुसार भारतको दिल्ली दोस्रो स्थानमा छ । दिल्लीको प्रदूषण ७ सय ४९ मापन गरिएको छ । त्यस्तै भारतकै कलकत्ता पाँचौं नम्बर छ । कलकत्ताको प्रदूषण १ सय ८१ एक्यूआई मापन गरिएको छ । त्यस्तै १ सय ५७ एक्यूआईसहित मुम्बई दशौं स्थानमा छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button