अन्ततः नेपालमा आज देखी खुल्यो ‘कतार भिसा सेन्टर’, के-के सुविधा देला ?

आफ्नो देशको भिसा सहजीकरण होस् भन्ने हेतुले बंगलादेश, पाकिस्तान, भारत र श्रीलंका जस्ता देशहरुमा सञ्चालनमा आईसकेको ‘कतार भिसा सेन्टर’ (क्युभिसि) आज बुधबारदेखि नेपालमा पनि सञ्चालनमा आएको छ ।

काठमाडौंको महाराजगंजमा रहेको भिसा सेन्टर, नेपालका लागि कतारका महामहिम राजदूत युसुफ मोहम्मद अल हैल र कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले आज एक बिशेष कार्यक्रम गरी उद्घाटन गरे संगै सञ्चालनमा आएको हो । सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, कतार आईसकेपछि गरिने स्वास्थ्य परीक्षण, कामदारको औंठा छाप (फिङ्गरिङ्ग) र कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने जस्ता प्रकृया अब नेपालमा नै गर्न सक्नेछन् ।

[bs-quote quote=”कतार आईसकेपछि गरिने स्वास्थ्य परीक्षण, कामदारको औंठा छाप (फिङ्गरिङ्ग) र कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने जस्ता प्रकृया अब नेपालमा नै गर्न सकिनेछ । ” style=”style-2″ align=”center” color=”#841e39″ author_name=” युसुफ विन मोहम्मद अलहैल ” author_job=”नेपालका लागि कतारका राजदूत” author_avatar=”https://qnkhabar.comm/wp-content/uploads/2019/05/AMB.Yousuf-Mohammed.jpg”][/bs-quote]

‘कतार भिसा सेन्टर’ (क्युभिसि) संचालनपछि भिसा प्रोसेसिङ, मेडिकल लगाएतमा नेपाली श्रमिकहरुले लामो समय कुर्नु नपर्ने भएको छ । कतार जान ईच्छुक कामदार मेडिकल फेल भए वा अन्य समस्या भएमा नेपालबाट नै कतार जान नपाउने भएकाले कतार पुगेर फर्किनुपर्ने समस्याको अब अन्त्य हुनेछ ।

क्युभिसिबाट रोजगारीमा कतार जाने नेपाली श्रमिकहरुको तथ्यांक राखिने हुँदा अब कती नेपाली रोजगारीक लागि कतार आए र कति नेपाली स्वदेश फर्किए,  कुन कामदारको कस्तो अवस्थामा छ भन्ने जानकारी पनि प्राप्त गर्ने सकिनेछ । कतार सरकारले नै क्युभिसि सञ्चालन गरेको हुनाले नेपाल बाट कतार जाने कामदारलाई समस्या नआउने क्युभिसिले जनाएको छ ।

भिसा केन्द्रको मुख्य सेवाहरू

भिसा केन्द्र स्थापना भएपछि निम्न सेवाहरु प्रदान गर्नेछन्:

  • रोजगारीको अवसरबारे सूचना दिने,
  • प्रवेशाज्ञा एवम् श्रमपत्र जारी गर्ने,
  • स्वास्थ्य जाँच गर्ने,
  • कामदारको औंठा छाप (फिङ्गरिङ्ग) लिने र
  • श्रमिक-रोजगारदाताबीचको अन्तिम सम्झौता गराउने ।

नेपालमा कहाँ छ त ‘कतार भिसा सेन्टर’ (क्युभिसि) ?

काठमाडौं महानगरपालिका–४ महाराजगञ्जमा
अहिलेलाई सम्पर्क : 9851214330

QATAR VISA CENTER NEPAL
#QATARVISACENTERNEPAL #QVCNEPAL

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button