काठमाडौँ महानगर-१६ को अध्यक्षमा एमालेबाट तुलाधर उम्मेदवार

काठमाडौँ, कात्तिक २१-
नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने भएको छ ।
तुलाधरलाई उम्मेदवार बनाउन वडा, नगर र जिल्ला कमिटीबाट सिफारिस गरेको एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा तुलाधर एमालेबाटै उम्मेदवार भएपनि कांग्रेस उम्मेदवार मुकुन्द रिजालसँग पराजित बनेका थिए । त्यसवेला रिजाल चार हजार १९ मतसहित विजयी हुँदा तुलाधरले तीन हजार तीन सय १० मत पाएका थिए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो