दुर्व्यवहार गर्ने ६ युवक पक्राउ

एक एसियन मुलका नागरिकलाई मरभुमी क्षेत्रमा दुर्व्यवहार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि एक समूह पक्राउ परेका छन् ।
आन्तरिक मन्त्रालयले आज एक सूचना जारी गर्दै दुव्र्यवहार गर्ने ती ६ युवकलाई पक्राउ गरि थप कानूनी प्रक्रिया अघि बढाएको बताएको छ ।
मन्त्रालयले घटना बारे थप जानकारी सार्वजनिक गरेको छैन ।
साथै कानुन र सामाजिक मूल्य मान्यताविपरीत हुने यस्ता व्यवहार विरुद्ध आवश्यक कारबाही गर्न मन्त्रालय नहिचकिचाउने चेतावनी दिएको छ ।