सिरियाका आवासीय भवनमा इजरायली हवाई आक्रमण: १५ जनाको मृत्यु

काठमाडौं, कात्तिक ३०-

इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमस्कस र वरपरका आवासीय भवनमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । इजरायली सेनाले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण सुरु गरिएको थियो ।

दमस्कसको पश्चिममा रहेको मज्जेह छिमेक र राजधानीको उत्तरपश्चिमी कुदसाया उपनगरमा धेरै आवासीय भवनलाई निसाना बनाइएको थियो । आक्रमणबाट महिला र बालबालिकासहित १६ जना घाइते भएका बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button