आज गल्फ कपको फाइनल खेल हुँदै

कतारमा जारी २४ औं अरबियन गल्फ कपको आज समापन हुँदैछ । आजको फाइनल खेलमा साउदी अरेबिया र बहराइन उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन । खेल अल दुहेलस्थित अब्दुलाह बिन खलिफा रंगशालामा बेलुका ७ बजे हुँदैछ ।
प्रतियोगिताको समापन समारोहमा अमिर शेख तमिम बिन हमाद अल थानी बाट पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।
साउदी विरुद्ध बहराइन
समूह चरणको खेलमा बहराइनले ओमान सङ ०-०,साउदी सङ ०-२ र कुवेतसङ ४-२ गोल अन्तरको खेल खेलेको थियो । बहराइनले सेमिफाइनलमा समूह ए को विजेता इराकलाई पेनाल्टी शुटअाउटमा ५-३ ले हराएको थियो ।
त्यस्तै साउदी अरेबियाले समूह चरणको खेलमा कुवेत सङ १-३,बहराइन सङ २-०,ओमानसङ ३-१ गोल अन्तरको खेल खेलेको थियो । सेमिफाइनलमा साउदीले कतारलाई १-० ले पराजित गरेको थियो ।
हालसम्म बहराइनले गल्फ कप जितेको छैन । साउदी अरेबियाले १९९४,२००२ र २००३ मा उपाधि जितिसकेको छ ।