जिसीसी सम्मेलनका लागि अमिर भोलि कुवेत जाने

अमिर शेख तमिम बिन हमद अल थानीले ३८ औं खाडी राज्य सहायता सम्मेलन(जिसीसी) मा भाग लिनुहुने उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले जानकारी दिएका छन्।सम्मेलन भोलि देखि डिसेम्बर ६ तारिख सम्म कुवेतमा आयोजना हुँदैछ।
दोहा फोरम सँग बोल्दै मन्त्री मोहम्मदले कुवेत बाट केही दिन अगाडि आएको सम्मेलनको निमन्त्रणा अमिरले स्वीकार गर्नुभएको भनेका छन्।”कुवेतमा आज म मन्त्री परिषदको बैठकमा सहभागी हुनेछु र अमिर भोलि देखिको सम्मेलनमा सहभागी हुनुहुनेछ,”मन्त्री मोहम्मदले बताए।

सम्मेलनको मुख्य एजेण्डा कतारले अहिलेसम्म देखेको छैन,तर हालको नाकाबन्दी समस्या बारे अवश्य छलफल गरिने मन्त्री मोहम्मदले थपेका छन्।
जिसीसी सम्मेलन खाडी समस्या बल्झिएको ठीक ६ महिना पछि आयोजना हुन लागेको हो।गत जुन ५ देखि साउदी अरेबिया,युएई,बहराइन र इजिप्ट लगायतको देशले ईरान सँग सम्बन्ध बढाएको र आतंकवादलाई सहयोग गरेको भन्दै कतार माथि नाकाबन्दी सुरु गरेको थियो।त्यसको सुरुवात देखि नै कतारले आफू माथिको आरोप प्रमाणविहिन भन्दै नकार्दै आइरहेको छ।
यताओमान र इजिप्टले भने कतार सँगको सम्बन्ध कायम राखेको छ।त्यस्तै कुवेतले सुरुवात देखि नै नाकाबन्दीको समस्या हल गर्न मध्यस्तताको प्रमुख भूमिका निर्वाह गरिरहेको छ ।
करिब ३६ वर्ष(सन् १९८१) अगाडि स्थापना भएको खाडी समन्वय परिषदमा साउदी अरब सहित कतार, बहराइन,ओमान,युएई, कुवेत राष्ट्र समावेस छन्।परिषदले यी ६ राष्ट्र भित्रको सामाजिक,सांस्कृतिक,सुरक्षा,आर्थिक लगायतका मामिला विस्तार गर्न समन्वय गरी वार्षिक रुपमा सम्मेलन आयोजना गर्दै आइरहेको छ।