नेपालका प्रधानमन्त्री ‘ओली’ चीन प्रस्थान

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् ।
ओलीको भ्रमण दलमा सरकारी प्रतिनिधि ४७ जना, विभिन्न राजनीतिक दलका संघीय संसद्का सांसद ९ जना, निजी क्षेत्रबाट ५२ जना, सञ्चारकर्मी ११ गरी १ सय १९ जना रहेका छन् जसमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, भौतिक योजना, पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठ रहेका छन् ।
चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ओली तिब्बतको ल्हासा हुँदै असार १० गते नेपाल फर्कने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो