कतारले दुध निर्यात गर्न थाल्यो

छिमेकी राष्ट्रहरु बाट नाकाबन्दी सहेको जम्मा २० महिना भित्र नै कतारको सबैभन्दा ठुलो डेरि कम्पनी बलद्ना फुड एन्ड इन्डस्ट्रिजले अफगानिस्तानमा डेरि पदार्थ निर्यात गर्न थालेको छ । आफ्नो पहिलो ब्याचमा कम्पनीले अफगानिस्तानलाई दूध बेचेको छ । नाकाबन्दी अगाडी कतारले निर्यात गर्नु त परै जाओस बरु उल्टो ९८ प्रतिशत जस्तो डेरी पदार्थ आयात गर्ने गर्दथ्यो ।
२०१६ मा स्थापना भएको यो कम्पनीले सुरुमा ५० टन भन्दा पनि कम उत्पादन गर्ने गर्दथ्यो । नाकाबन्दी बाट पाठ सिकेपछी सोही कम्पनीले अहिले देशको सम्पुर्ण माग धान्दै दैनिक ५०० टन भन्दा पनि बढी दूध उत्पादन गर्ने गरेको द पेनिन्सुला पत्रीकाले लेखेको छ ।
कम्पनीका सिईवो डा. कमेल अब्दुल्लाहको अनुसार अफगानिस्तानमा निर्यात गर्ने कतारको पहिलो कदम हो। बिस्तारै यो अन्य अन्तराष्ट्रिय बजारमा पनि पुग्नेछ । त्यस्तै कम्पनीले दुधमा मात्र सिमित नभएर यो अप्रिल महिना भित्रै स्थानीय बजारका लागि जुस उत्पादन गर्नेछ । त्यस्तै मासु र फोडर क्षेत्रमा पनि अघि बढ्ने कम्पनीको योजना रहेको छ ।
हालसालै कम्पनीले लामो समय सम्म नबिग्रिने देशको पहिलो युएचटि प्रविधिको दूध बजारमा ल्याईसकेको छ ।