कतारमा आज हुने नेपाली कार्यक्रमहरू

१.दूतावासको छलफल कार्यक्रम
कतारस्थित नेपाली दूतावासले आज शेरिङ एण्ड हेरिङ (अन्तरक्रियात्मक) कार्यक्रमको आयोजना गर्दैछ।कार्यक्रममा श्रमिकको हकहितको लागि दूतावासले चालेको कदम,उच्चस्तरीय भेटघाट,भावी योजना,समस्यामा परेका कामदारको सुनुवाई लगायत नेपाली समुदाय तथा संघ संस्था सँग छलफल गर्ने गरिन्छ।
मासिक रुपमा संचालन हुने यस कार्यक्रमको पाँचौं संस्करण ऐन खलिद स्थित नेपाली राजदूतावासको चान्सरी भवनमा आज शुक्रबार मार्च २३ तारिख दिउँसो दुई बजे बाट सञ्चालन हुँदैछ।सामाजिक सञ्जालमा दूतावास बारे विभिन्न टिकाटिप्पणी चलेपनि पीडित श्रमिकहरु कार्यक्रममा सोचे जस्तो उपस्थित नभएको दूतावासको गुनासो छ।
दूतावास जाने बाटो
२.एनआरएनए एनसीसी कतारको रक्तदान कार्यक्रम
एनआरएनए एनसीसी कतारको समन्वयमा आज हमाद हस्पिटलको रक्तदान केन्द्रमा रक्तदान कार्यक्रम बिहान ८ बजे बाट सञ्चालन भइरहेको छ। आयोजकले ६० संघ संस्थाहरु आयोजकको रुपमा सहभागि हुने जानकारी दिएको छ।
रक्तदानको लागि चाहिने आवश्यक कागजपत्र
१. रक्तदाताले कतारी परिचय पत्र वा ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य लिएर आउनु पर्नेछ ।
२. रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ।
३. अघिल्लो पटक रक्तदान गरेको २ महिना पुरा भएको हुनुपर्नेछ ।
४. एन्टिबायोटिक तथा अन्य औषधी सेवन नगरेको, २४ घण्टा भित्र मदिरापान नगरेको हुनु पर्नेछ ।
५. अनिन्द्रा तथा खाली पेटमा रक्तदान गर्न नहुने ।
६. रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुनेछ ।
७. रक्तदाताको उमेर १८ -६५ बर्षको बीचमा हुनु पर्नेछ ।
८. रक्तदाताको तौल कम्तिमा ५० किलो हुनु पर्नेछ ।
इच्छुक संघ संस्थाले सहभागिता जनाउन तथा थप जानकारीको लागि सम्पर्क व्यक्तिहरु
तेज कटुवाल – ५५८६८२१४
बुधबल गुरुङ – ५५६००२३५
हमाद रक्त संकलन केन्द्र जाने बाटो
३.गुल्मी सेवा समाज कतारको छैठौं वनभोज तथा सांस्कृतिक कार्यक्रम
गुल्मी सेवा समाज कतारले गरिब तथा जेहेन्दार विधार्थीहरुका लागी छात्रवृत्ति सहयोगार्थ छैठौं बृहत वनभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रमका नेपाल बाट आएका चर्चित लोक दोहोरी गायक राम चन्द्र चन्दको विशेष प्रस्तुती रहनेछ।कार्यक्रमको लागि टिकट दर ४५ र ३० रियाल तोकिएको छ।कार्यक्रम शाहनिया स्थित अल दोसरी पार्कमा आयोजना हुँदैछ।
थप जानकारीका लागि
कार्यक्रम संयोजक : झविन्द्र आचार्य – ७७५२५३८८
कार्यक्रम सह-संयोजक : सुरज बिसी -३३५३७९७०
यातायात व्यवस्थापक : लोक ब. सुनार -५०४३९६७०
कार्यक्रम स्थल जाने बाटो