रविलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पोखरा, कात्तिक २०-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति दिएको छ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका सभापति रविलाई तेस्रोपटक थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति दिएको हो ।
रविलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप १० दिन थुनामा राख्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिएपनि तिहार बिदा भएकाले आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो