विहीबार सम्म कुहीरो लाग्ने


आज बिहान बाट कतारमा फेरी कुहीरो लागेको छ । कतारको मौसम पूर्वानुमान शाखाको अनुसार यो अवस्था बिहीबार सम्म रहनेछ । साथै प्रतयक्षता घटेर दुई किलोमिटर देखि शुन्य मिटर सम्म पुग्ने स्रोतले अनुमान गरेको छ । केही स्थानमा भने कुहीरो हिजो देखि नै लागेको थियो । कतारमा कुहीरो यसअघि डिसेम्बर अन्तिम तथा जनवरीको पहिलो दिनहरुमा लागेको थियो ।

बिहानको चिसो मौसम पछि दिनको उच्च तापक्रम २७ डिग्री सम्म पुग्ने तथा न्युनतम तापक्रम १६ डिग्री सम्म पुग्ने शाखाले जनाएको छ । साथै वायुको गति २७.७ कि.मी प्रति घन्टा सम्म रहने शाखाले थपेको छ ।

१.अत्यावश्यक अवस्थामा मात्र सवारी चलाऔ
यस्तो समयमा सवारी चाप बढी हुनेभएकोले सकेसम्म सवारीको प्रयोग नगर्दा नै बेस हुनेछ । चलाउनै परेको अवस्थामा कम गतिमा वा धैर्यताका साथ चलाउनुहोस ।

२.बाटोमा ध्यान दिनुहोस
कम प्रत्यक्षता र सवारी चाप बढी हुने भएकोले बाटामो ध्यान दिन उचित हुनेछ । मोबाईल फोनमा व्यस्त हुँदा  दुर्घटना हुने खतरा बढी हुन्छ ।
३.ठुलो हेडलाईटको प्रयोग नगर्नुहोस
कुुहिरोको बेला पानीको थोपा ले प्रकाश आफैतिर फर्कने गर्दछ त्यसैले सानो हेडलाइट प्रयोग गर्दा बेस हुनेछ । कुहिरोको बेला बाल्ने लाइट प्रयोग गर्दा अझ बेस हुनेछ ।

४.हिटर चलाउनुहोस
मौसम चिसो हुनेभएको कारण हिटर प्रयोग गर्दा बाहिरको प्रत्यक्षता बढी देखिन्छ ।

५.सडकको लेन नबदल्नुहोस
प्रत्यक्षता कम भएको बेला सडकको लेन बदल्दा दुर्घटना हुने खतरा बढ्दछ । लेन नबदल्न सडकको बाँया पट्टी रहेको सेतो धर्का पछ्याउनुहोस ।

६.अर्को सवारीको आवाज सुन्नुहोस
सवारी भित्र बढी आवाजमा गाना बजाउँदा वा सवारी तीब्र गतिमा कुदाउँदा नजिकको सवारी बाट आएको आवाजमा ध्यान नजान सक्छ । त्यसैले प्रत्यक्षता कम भएको बेला नजिकको सवारीे प्रति बढी ध्यान दिनपर्नेहुन्छ । सवारीको झ्याल केही खोल्नुहोस ।

७.वाइपरको प्रयोग गर्नुहोस साथै सवारी कम्तिमा १ मिटर दुरीमा राख्नुहोस ।

८.सडकको बिचमा सवारी नरोक्नुहोस
व्यस्त सडकको बिचमा सवारी रोक्दा पछाडी बाट आउने सवारीले नदेख्न सक्छ । रोक्नै परेमा सडकको किनारमा हुने पार्किङ्ग एरियामा रोक्नुहोस ।

www.qnradio.com हेर्दै र पढ्दै गर्नु होला । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button