बिज्ञापन

मुकुन र उपासनाले साइन गरे एक्सन फिल्म ‘कर्मा’

काठमाडौँ, मंसिर २-

सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’पछि मुकुन भुसालले नयाँ फिल्ममा अनुबन्धित भएका छन् । अभिनेत्री उपासना सिंह ठकुरीसहित मुकुन सौरभ चौधरीले निर्देशन गर्ने फिल्म ‘कर्मा’मा अनुबन्धित भएका हुन् ।

निर्माताले आज (आइतबार) फिल्ममा नयाँ कलाकारको प्रवेशबारे जानकारी दिएका हुन् । यसअघि शीर्ष भूमिकामा विपिन कार्की अनुबन्धित भइसकेका छन् ।
फिल्ममा विपिन र उपासना जोडीको भूमिकामा देखिनेछन् । मुकुन खलपात्रको रोलमा देखिनेछन् । विपिन र उपासनाले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

निर्देशक चौधरीले यसअघि पनि एक्सन फिल्म ‘अगस्त्य’को निर्देशन गरेका थिए । पछिल्लो फिल्मका लागि विपिनले आठ किलो तौल बढाएका छन् । मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको ‘कर्मा’लाई नयाँ वर्षको छेकोमा चैतको २९ गते रिलिज हुने जनाइएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button