बिज्ञापन

चितवनमा छविको बयान लम्वियो, भोलि सक्ने तयारी

चितवन, मंसिर १७-

सहकारी ठगीको आरोपमा पक्राउ परेका पुर्व डिआइजि छावि जोशी बयानलाई सरकारी वकिलले भोलि (मंगलबार) पनि निरन्तरता दिने भएको छ । सोमबार बयान अन्तिम चरणतिर पुगेपनि नसकीपछि फेरि उपस्थित गराउने गरी जोशीलाई जिल्ला प्रहरी कार्यालय चितवन पठाएको सरकारी वकिल कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनको साहारा चितवन बहुँउद्देश्य सरकारी संस्थामा बचतकर्ताको रकम अनियमिता भएको प्रकरणमा अनुसन्धान गर्न अदालतले मंसिर ५ गते जोशीलाई पक्राउ अनुमति लिएको थियो । सरकारी वकिल कार्यालय चितवनले जोशीसंग आईतबार दुई घण्टा र सोमबार दिनभर बयान लिएको थियो । मंगलबार बयान सक्ने गरी तयारी भएको जिल्ला न्याधिवक्ता शान्तिराज लुइँटेलले जानकारी दिए । यस्तै सोही अभियोगमा नेचर हर्बस इन्टरनेशनल प्रालिका शेयरधनी रामबहादुर खानालसंग पनि बयान लिइएको छ । उनीहरु दुवै जनाको अनुसन्धान अधिकृतको रोहबरमा बयान लिइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनमा साहारा चितवनका २४ जना बचतकर्ताले मंसिर ५ गते १० जना विरुद्ध पुरक जाहेरी दिर्ता गरेपछि प्रहरीले मंसिर ७ गते अदालतबाट पक्राउ पुर्जि लिएर अनुसन्धान अगाडि बढाएको हो । साहारा चितवन सहकारी ठगी गरेको आरोपमा २७ जनालाई पक्राउ पुर्जि जारी भएको छ । त्यसमध्ये २३ जना अझै फरार छन् । सरकारी वकिलले यसअघि एक जना कुमार रम्तेलसंग मात्र बयान लिएको थियो ।

सरकारी वकिल कार्यालयले अर्का अरोपित राष्ट्रिय स्वततन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसंग पनि बयान लिने तयारी गरेको छ । काठमाण्डौँको स्वर्णलक्ष्मी सहकारीको बचतकर्ताको रकम अनियमिता गरेको प्रकरणमा लामिछानेलाई काठमाण्डौँ सरकारी वकिल कार्यालयले सोमबार बयान सकेको छ । जोशी र खनालको सकेपछि लामिछानेको बयान लिने न्याधिवक्ता लुँइटेलले बताए । ‘लामिछानेसंग बयान लिन हामीले तयारी गरिरहेका छौँ’, उनले भने ‘दिन तोक्न त कठिन होला तर, दुई, तीन दिनभित्र ल्याएर बयान लिने योजनामा छौँ ।’

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button