कतार पहिलो पटक एसियन कपको सेमी-फाइनलमा

युएईको राजधानी अबुधबिमा आयोजना भइरहेको एएफसी एसियन कप २०१९ मा कतारले आज सम्पन्न खेलमा बलियो मानिएको दक्षिण कोरियालाई ०: १ ले हराउदै पहिलो पटक एसियन कपको सेमी-फाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको ७७ औं मिनेटमा कतारको तर्फ बाट ६ नम्बर खेलाडी अब्देल अजिज हातिमले गोल गरेका थिए । जित संगै कतार प्रतियोगिताको सेमी-फाइनलमा प्रवेश गर्न सफल भएको छ । कतार इतिहासमै पहिलो पटक एसियन कपको सेमी-फाइनलमा प्रवेश गरेको हो ।
कतारले अब सेमी-फाइनलका लागि आयोजक राष्ट्र युएई र अष्ट्रेलिया बिचको खेलको नतिजालाई पर्खिनुपर्नेछ ।
कतार सेमी-फाइनल खेल मंगलवार खेल्नेछ ।
QATAR #AFCAISIANCUP #SEMIFINAL
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो