मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

राजविराज (सप्तरी), मङ्सिर १-

उपनिर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि डाक्नेश्वरीका वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत दीपक दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुभयो । नगरपालिका कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको हो । सो क्रममा उहाँले उपनिर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सबैसँग अनुरोध गर्नुभयो ।

साथै निष्पक्ष तरिकाले निर्वाचन सम्पन्न गराउन आचारसंहिताको पालना सबैले गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइरालालगायतले जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रको निरीक्षण तथा अनुगमन गर्नुभएको थियो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button