आज कतार र अफगानिस्तान भिड्दै

चीनमा आयोजना हुने २०२३ एसियन कप च्याम्पियनसीप र फिफा विश्वकप २०२२ प्रतियोगिताको छनौटका लागि आज कतारले अफगानिस्तानको सामना गर्दैछ । आयोजक राष्ट्रको हिसाबले कतार २०२२ विश्वकपको लागि छनौट भइसकेको छ ।
खेल अल साद्द रंगशालाको मैदानमा बेलुका ७:३० बजे बाट सुरु हुनेछ । खेल हेर्न दर्शकका लागि टिकटको मूल्य १० , २० र ५० रियाल रहेको छ ।
समूह ‘ ई ‘ मा कतार सँगै भारत , अफगानिस्तान , बंगलादेश र ओमान रहेको छ । कतारले अर्को खेल आउने १० तारिक भारत सँग खेल्दैछ ।
आजको खेलमा तपाईंको अनुमान के छ त ?