४५औ अमिर कपको उपाधि अल सद्द क्लबलाई


कतारको प्रतिष्ठित फुटबल प्रतियोगिता अमिर कपको ४५ औ संस्करणको उपाधि अल सद्द टिमले हात पारेको छ।हिजो २०२२ विश्वकपको ८ वटा मध्ये तयार भएको पहिलो रंगशाला खलिफा रंगशालामा भएको रोमान्चक खेलमा अल रेयान लाई २ को बिरुद्ध १ गोल ले पराजित गर्दै अल सद्दले उपाधि जितेको हो।
खेलको दोस्रो हाफको ४९ औ मिनेटमा स्ट्राइकर तबात आफैले कडा प्रहार गरि रिबाउन्डमा फर्केको बललाई गोल गर्दै रेयानले खेलमा अग्रता लिन सफल भएको थियो।तर स्ट्राइकर बौनेडजहलाई डि बक्समा लडाएर ५६ औ मिनेटमा पाएको पेनाल्टीलाई अल हैडोस ले सहज गोल गरेर अल सद्दले खेल बराबरीमा ल्यायो।
६१ औ मिनेटमा गोनजालोले गरेको हेड लाई साद्दको किपरले उत्कृष्ट बचाउ गरे।त्यस्तै ९१ औ मिनेटमा पुर्व बार्सिलोनाका खेलाडी जाभीको पास लाई जुगुर्थाले गोलमा परिणत गर्दा खेल अल साद्दको पोल्टामा पर्न सफल भएको थियो।जित संगै खलिफा रंगशालाको उद्घाटन पछि अल सद्द क्लबले प्रतियोगीता जित्ने पहिलो टिमको इतिहास रचेको छ।
अल सद्दले केही महिना अगाडी कतार कप पनि जितेको थियो।