चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनको दुईदिनमै उत्साहजनक व्यापार

काठमाडौं, मंसिर १-

हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले उत्साहजनक व्यापार गरिरहेको छ । शुक्रबार दिनभर नै देशभरका सिनेमा घरमा उत्साहजनक व्यापार गरेकमो सिनेमाले शनिबार पनि बिहानी शोबाट नै आक्रामक व्यापार गरिरहेको छ ।

शुक्रबार दिनभर सिनेमाले उत्साहजनक व्यापार गरेपछि निर्माण टिमले कलाकारसहित काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो । सिनेमा हेरेर हलबाट निस्केका दर्शकले उत्कृष्ट बनेको भन्दै अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना, अभिनेता तथा लेखक हरिहर अधिकारी, अभिनेत्री विपना थापा र दक्षिण भारतीय कलाकारको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।

सिनेमालाई दर्शकको उत्साहजनक साथ मिलेपछि अभिनेत्री तथा निर्मात्री नीता प्रफुल्ल देखिइन् ।
सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button