इरानविरुद्ध युद्धको वातावरण बनाइने छैन : कतार

आइतबार कतारी रक्षा मन्त्री खालिद विन मोहम्मद सिङ्गापुरमा भइरहेको अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा कतारले इरानविरुद्ध हुनेगरी द्वन्द्वको वातावरणलाई प्रोत्साहन नगर्ने बताएका छन् ।
अल–अतियाले भन्नुभयो, “दुई देशबीच अनेकौँ मतभिन्नताहरू रहेका भएपनि दोहाले इरान विरोधी द्वन्द्वलाई प्रोत्साहन गर्ने छैन ।”
उहाँले भन्नुभयो, “के क्षेत्रीय विवादलाई प्रश्रय दिँदै इजरायल र अमेरिकालाई इरानविरुद्ध निम्ताउनु बुद्धिमानी हो ? इरान एक छिमेकी हो ।”
“यदि इरानलाई कमजोर पार्न तेस्रो पक्ष वा अन्य शक्तिराष्ट्रलाई यस क्षेत्रमा निम्त्याइयो भने या क्षेत्रकै लागि धेरै खतरनाक हुनेछ ।”
कतारी सैन्य हवाई अखडालाई इरानविरोधी युद्धमा प्रयोग गर्न दोहा तयार छ त भन्ने सवालमा रक्षामन्त्री अल–अतियाले भन्नुभयो, “कतार युद्धको समर्थनमा छैन । बरू समस्यालाई वार्ता र आपसी छलफलबाट समाधान गर्ने पक्षमा कतार रहनेछ ।”
यसअघि रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको थियो ।
रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता अवरुद्ध गरी क्षेत्रीय स्थायित्वका लागि सहयोग गर्न भनेको एक गोप्य सूचनालाई उद्धृत गर्दै उक्त दैनिकले आफ्नो शुक्रबारको अङ्कमा लेखेको थियो ।
यो खबर रातोपाटी बाट लिएका हौं ।