नारायणगढ–मुग्लिन सडकमा बस र अटो ठोक्कियो, अटो चालक गम्भीर घाइते

चितवन, मंसिर २-

नारायणगड–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ रामनगर बजारमा गएराति बस र अटो ठोक्किँदा अटो चालक गम्भीर घाइते भएका छन् ।

शनिवार राति ९ः५० बजेको समयमा काठमाण्डौबाट महेन्द्रनगरतर्फ आउदै गरेको ना ८ ख ८३५१ नम्बरको बस र बिपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ह ६८० नम्बरको अटो आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परी अटो चालक भरतपुर–१ रामनगर बस्ने वर्ष ३६ को मेन चन्द्र गुरुङ गम्भीर घाइते भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । घाइते गुरुङको शरिरको भित्रि भागमा चोट लागेको छ ।

सुरुमा उपचारका लागि भरतपुर अस्पताल लगिएकामा थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको प्रहरी प्रवक्ता रिजालले बताए । बस र बस चालक कञ्चनपुर बेदकोट नगरपालिका–३ दैँची बस्ने वर्ष ५० को जगत बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button