हाम्रा उम्मेदवारलाई डर–धम्की देखाउने र अपहरण गर्ने काम भयो : रास्वपा

काठमाडौं, मंसिर २-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना उम्मेदवारहरूलाई डर, धम्की, पैसाको प्रलोभन र कतै अपहरणसमेत गर्न थालिएको बताएको छ। पार्टीले बनाएको केन्द्रीय निर्वाचन परिचालन संयोजन समितिका संयोजक सांसद गणेश पराजुलीले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार तय गरेकी सुजाता फडेरा थापालाई अपहरणको शैलीमा बन्धक बनाएर मनोनयन दर्ता नगर्न सहमत गराएको बताए।

‘उहाँको परिवारजन फरक पार्टीमा हुँनुहुँदो रहेछ। उहाँलाई अपहरणको शैलीमा दुई–तीन घन्टा गायब बनाएर निकालिसकेपछि उहाँ उम्मेदवारी दर्ता गर्न नसक्ने निष्कर्षमा पुग्नुभयो होला, सायद,’ उनले भने, ‘डर, धम्की देखाइसकेपछि उहाँले पार्टीलाई उम्मेदवार बन्न नसक्ने भन्ने जानकारी गराउनुभएको छ।’

यो प्रवृत्ति मधेसमा अत्यधिक धेरै देखिएको उनले बताए। मारिदिनेसमेत धम्की दिएपछि उम्मेदवार तय भएकाहरू धमाधम पछि हट्ने अवस्था आएको उनले बताए।

‘अस्ति हामीले फलानोलाई मारेको बिर्सिइस् कि क्या हो भन्नेसम्मका शब्दावली प्रयोग भएको पनि देखियो। जसको प्रमाण नहुने, प्रशासनले उजुरी पनि लिन नसक्ने र सुरक्षा पनि दिन नसक्ने भन्ने साह्रै नै दुर्गतिपूर्ण अवस्था देखियो,’ उनले भने, ‘सुरक्षाको पाटोबाट हेर्दा यस्तो देखियो। साह्रै बेथितिपूर्ण अवस्था पनि देखियो।’

मधेस प्रदेशका रिक्त स्थानीय तहमा उम्मेदवार बन्न खोजेकाहरूलाई १० देखि १५ लाखसम्मको प्रलोभन र नस्वीकारे मारिदिने धम्की दिएको उनले बताए।

‘लोभले भएन भने सामाजिक बहिष्कार र हत्यासम्मको धम्की दिइएको छ। फलानो ठाउँको वडाध्यक्षलाई हत्या गरेर मारेको भन्ने तँलाई प्रष्टसँग थाहा छ, कसले मारेको छ भन्ने पनि तँलाई थाहा छ, प्रशासनले केही गर्न सक्यो भन्नेसम्मका शब्दावली प्रयोग गरेर उम्मेदवारी दिन तयार भएका साथीहरू भाग्नुपर्नेसम्म अवस्था सिर्जना भएको छ,’ उनले दाबी गर्दै भने।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button